वीणा जोशीलाई मदन पुरस्कार र किरण खरेललाई जगदम्बा–श्री अर्पण
काठमाण्डु- २०८२ सालको मदन पुरस्कार लेखक वीणा जोशी (राजभण्डारी) र जगदम्बा–श्री पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिएको छ। मदन पुरस्कार गुठीले पुरस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गर्दै आएको छ।
