श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन
भक्तपुर – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन् । भक्तपुरको दधीकोटमा सञ्चालनमा आएको एभरेष्ट मल्टी स्किल प्रालिको आईतबार उद्घाटन गर्दै उनले देशमा चुनौतीका रूपमा रहेको बेरोजगारीलाई चिर्न बजारले खोजेको दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए ।
