बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, पुल र जलविद्युत्मा क्षति : विपद् व्यवस्थापन प्राधिकरण
गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबिच ठूलो पहिरो गएर बुढीगण्डकी नदी थुनिएपछि आएको लेदो सहितको बाढीले घर, पुल तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ । बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उगिलुङका भेडीगोठमा रहेका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् ।
