बुढीगण्डकी बाढी : जगत इलाकाबाट ६ जनाको उद्धार
काठमाण्डु– गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का अनुसार बुढीगण्डकी क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको थियो। सोही क्रममा पहिरोको उच्च जोखिममा रहेको जगत् इलाकाबाट ६ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको हो।
