पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने
काठमाण्डु –पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका छन्। बाढीपहिरो र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै उनले यस वर्षको बडादशैं सादगीपूर्वक मनाउने निर्णय गरेका हुन्।
