पाकिस्तानका साहिबजादा फरहानले एनपीएल नखेल्ने, इस्लामावाद फर्किँदै
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका क्रिकेटर साहिबजादा फरहान पाकिस्तान फर्किने भएका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले श्रीलंकाविरुद्धको आगामी खेलका लागि राष्ट्रिय टोलीमा राखेको ईमेल पठाएपछि कर्णाली याक्ससबाट एनपीएल खेल्ने उनको योजना तुहिएको हो । कर्णाली याक्सले फरहानलाई तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको थियो।
