लुम्बिनीमा नियुक्तिपछि उठेका प्रश्नबीच आनीको जवाफ, ‘यही देशमा मर्न पाऊँ भन्ने सोचेर बसेकी हुँ’
काठमाण्डु- लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएपछि नागरिकता र नियुक्ति प्रक्रियालाई लिएर विवादमा तानिएकी गायिका तथा भिक्षुणी आनी छोइङ डोल्माले आफू आरोपबाट विचलित नभएको बताएकी छन्। उनले आफूले नेपालमै बसेर धर्म र कर्म गर्ने तथा देशको सेवा गर्ने सोच राखेको उल्लेख गर्दै जिम्मेवारी पूरा गर्न आफूलाई साथ र सहयोग गर्न आग्रह गरेकी छन्।
