कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ बिहीबार
काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सपथ कार्तिक १२ गते बिहीबार हुृने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कार्तिक १२ गते अपराह्न २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय,बीपी स्मृति भवनमा हुनेछ ।
