कांग्रेस उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
काठमाण्डु – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबारदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ । निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए । उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ ।
