भाडाको घर चिनियाँ नागरिकको सुन गाल्ने कारखाना, बरामद साढे २१ केजीको मूल्य ५४ करोड भन्दा बढी
काठमाण्डु- काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुन बरामद गरेको छ। अवैध रूपमा सुनको कारोबार तथा ओसारपसार भइरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार राति छापा मारेर तीन चिनियाँ नागरिकलाई पनि पक्राउ गरेको हो।
