SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २३ असो २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ। शुक्रबार बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। मिडिया सेन्टरका अनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी