कांग्रेस महाधिवेशन : यसरी भइरहेको छ मतदान
काठमाण्डु – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि अहिले मतदान भइरहेको छ । मतदानका लागि बिहान ७ बजेदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि जुर्मुराएका छन् ।
