कांग्रेस महाधिवेशन : मतदान समय सर्यो, दिउँसो १ बजेदेखि हुने
काठमाण्डु – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि हुने भनिएको मतदानको समय फेरि सरेको छ। निर्वाचन समितिले बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरे पनि आवश्यक तयारी पूरा नभएपछि मतदान दिउँसो १ बजेसम्मका लागि सारिएको हो।
