SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

नगरपालिकाका इन्जिनीयर र सुपरभाइजर १ लाख घुससहित पक्राउ

काठमाण्डु – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनीयर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई १ लाख घुससहित नियन्त्रणमा लिइएको छ । दुवैले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी