कांग्रेस अब ‘बूढोहरूको पार्टी’बाट १८ वर्षका युवाले भरिएको पार्टी बन्यो : भीष्मराज आङ्देम्बे
काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताएका छन्। उनले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशामाथि समेत गम्भीर छलफल भएकाले आफूलाई महाधिवेशन नौलो लागेको बताए।
