ऊर्जामन्त्रीको योजना– बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र पनि चलायमान बनाउने
काठमाण्डु– नेपालमा ऊर्जा क्षेत्रको बहस अब कति मेगावाट बिजुली उत्पादन भयो भन्नेमा मात्र सीमित नरहने संकेत देखिएको छ। उत्पादन भएको बिजुलीलाई प्रसारण प्रणालीमा जोड्ने, खुला पहुँचमार्फत बजारसम्म पुर्याउने र निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने दिशामा नीतिगत तयारी अघि बढेको छ।
