कांग्रेस महामन्त्रीमा उदयशम्शेर राणाको दाबी, भने– ‘पार्टीलाई गतिशील बनाउँछु’
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशम्शेर राणाले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राणाले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको दाबी गरे ।