यामाहाको दसैँ–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख
काठमाडौं । यामाहा नेपालले दसैँ–तिहारको अवसरमा सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेताहरूलाई पुरस्कार प्रदान गरेको छ । अभियानमा बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन् ।