दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आफूलाई आईजीपी पदबाट हटाइएको भन्दै पुनर्बहालीको मागसहित कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।