उत्पादनमुखी अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : कमलेश अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । उनले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।