SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

नबिल बैंकले भिसा इन्टरनेसनलका दुई विधामा जित्यो अवार्ड

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेसनलद्वारा प्रदान गरिने दुई महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इस्युइङ’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड प्राप्त गरेको हो । काठमाडौंस्थित मेरियट होटलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकका प्रतिनिधिले उक्त अवार्ड ग्रहण गरेका हुन् ।