नेपाली उद्योगीलाई राहत, अब काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने
काठमाडौं । नेपाली वनस्पति घ्यू तथा तेल उद्योगले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट पनि कच्चा खाद्य तेल आयात गर्न पाउने भएको छ । प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाली उद्योगीहरूको लामो समयदेखिको माग सम्बोधन गर्दै यस्तो व्यवस्था मिलाइएको हो । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस निर्णयको स्वागत गरेको छ ।