कांग्रेसमा ११ महिला केन्द्रीय सदस्य मनोनीत, सुजाता कोइरालासहित को-को परे सूचीमा ?
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न ११ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले ११ जना महिला नेतृलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।