बसन्तपुरबाट सुरु भयो ‘जोन्टा क्लब’ को लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ आजदेखि सुरु भएको छ । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा बसन्तपुरमा सार्वजनिक कला स्थापना अनावरण गर्दै अभियान सुरु गरेको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कला स्थापनाको अनावरण गर्दै अभियानको उद्घाटन गरेकी हुन् ।