ललितपुरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो ‘सीजी मोटर्स’
काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स प्रालि आर्थिक वर्ष २०८१/८२ मा ललितपुर आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी बनेको छ । ललितपुर आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका करदातामध्ये सबैभन्दा बढी आयकर बुझाएको भन्दै कम्पनीलाई सम्मान गरिएको हो ।