कात्तिक मसान्तसम्म सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ, कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।