भक्तपुरको बोडेमा राखिएका ७ परिवारलाई सरकारले किन दियो ठाउँ खाली गर्ने अल्टिमेटम ?
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका बस्तीबाट हटाइएका सुकुमबासीमध्ये जग्गा भएको पाइएका सात परिवारलाई सरकारले होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राखिएका सात परिवारलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको हो ।