SHARE
लोक पथ · बुधबार १० मंिर २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण प्रस्ताव गरिएको अत्याधुनिक इनडोर चलचित्र छायाङ्कन स्टुडियो ‘सिनेपा’ निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । बनेपा नगरपालिका–१० र १३ अन्तर्गत जनागालस्थित बाहुनडाँडा सामुदायिक वन क्षेत्रमा प्रस्तावित स्टुडियो निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले राष्ट्रिय महत्त्वको परियोजनालाई थप ढिलाइ नगरी अघि बढाउनुपर्ने बताएका हुन् ।