SHARE
लोक पथ · मङगलबार २० असो २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

कांग्रेस सहमहामन्त्रीमा शुभराम बस्नेतको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभराम बस्नेतले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार राष्ट्रिय सभागृहमा पुगेर बस्नेतले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि जितेर आएको बस्नेत लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका नेता हुन् ।