SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

विद्युत महसुल भुक्तानीमा डिजिटल प्रणाली विस्तार गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र प्रभावकारी रूपमा विस्तार गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।