SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२६ मा दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनमा यसअघि गरिएको अनुमानभन्दा दक्षिण एशियाको आर्थिक वृद्धि बढी हुने उल्लेख गरिएको छ ।