SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

दशैँ–तिहारका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैँ तथा तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात विभागमा यातायात व्यवसायी तथा सरोकारवालाबीच बसेको संयुक्त बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको हो ।