SHARE
लोक पथ · मङगलबार २० असो २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

समावेशी समूहबाट कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका उद्यमी विनोद चौधरीले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । चौधरीले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ ।