गगनलाई प्रचण्डले भने- ‘कांग्रेसको नेतृत्वपछि अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्’
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभंग गर्दै नयाँ इतिहासतर्फ अघि बढेको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापालाई बधाई दिँदै उनमा देशको नेतृत्व गर्ने क्षमता आफूले यसअघि नै देखेको बताए ।