SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

जगदम्बा मोटर्सको ‘अपाचे रेसिङ क्वालिफायर्स’ बुटवलमा सम्पन्न, को पुगे फाइनलमा ?

काठमाडौं । नेपालका लागि टीभीएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘अपाचे रेसिङ क्वालिफायर्स’को बुटवल चरण सम्पन्न गरेको छ । तिलोत्तमास्थित गौराङ्ग ट्रयाक सेन्टरमा टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा बुटवल क्षेत्रका चालक, खेलप्रेमी तथा नयाँ प्रतियोगीहरूको सहभागिता थियो ।