SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

सहमहामन्त्रीमा फेरि उठ्दै प्रकाश रसाईली, भने–‘गगन थापाको नेतृत्वमा कांग्रेस बलियो बनाउँछौँ’

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५औँ महाधिवेशनमा दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईलीले सभापति गगनकुमार थापाको नेतृत्वमा पुनः सोही पदमा उम्मेदवारी दिने बताएका हुन् ।