SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

कांग्रेसमा उपसभापतिको संख्या थपिए, भीष्मराज आङ्देम्बेले उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिको संख्या थप भए आङ्देम्बेले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका हुन् । कांग्रेसले विधान संशोधनमार्फत उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने तयारी गरेको छ ।