SHARE
लोक पथ · शनिबार १७ असो २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

खुलामञ्चबाट कांग्रेसको १५औँ महाधिवेशनमा ‘नयाँ इतिहास’ बनाउने देवराज चालिसेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन ऐतिहासिक राजनीतिक महत्व बोकेको खुलामञ्चमा हुन लागेको बताएका छन् । शनिबार महाधिवेशनस्थल खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राजनीतिक इतिहास र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको स्थलमा कांग्रेसको महाधिवेशन हुन लागेको बताए ।