SHARE
लोक पथ · शनिबार १७ असो २०८३ ०६:१४ AM · 1 मिनेट पढाइ

महानगरका पत्र अब हुलाकमार्फत पठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र तथा अन्य हुलाक वस्तु अब हुलाकमार्फत पठाउने भएको छ । महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गर्दै पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत सामग्री हुलाकमार्फत पठाउने व्यवस्था गरेको हो ।