SHARE
लोक पथ · शुक्रबार​ १६ असो २०८३ ११:२७ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १२ विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ । गत वैशाख २८ गतेदेखि सुरु भएको अधिवेशन १४५ दिनसम्म सञ्चालन भएको हो । यस अवधिमा ६२ दिनमा ६८ वटा बैठक बसेका छन् । संसद सचिवालयका अनुसार अधिवेशनमा कुल २७७ घण्टा ३० मिनेट संसदीय कामकारबाही भएको थियो ।