विद्युतीय मोबिलिटी विस्तारमा सारथी इकुटर, लैनचौरमा नयाँ शोरुम सञ्चालनमा
काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।कम्पनीले शुक्रबारदेखि लैनचौरस्थित नयाँ शोरुमबाट आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको हो । ग्राहकलाई विद्युतीय स्कुटरको खरिद, टेस्ट राइड तथा बिक्रीपछिको सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।