आज ६ अर्ब माथि पुग्यो शेयर कारोबार, विकास बैंक समूहमा सर्वाधिक वृद्धि
काठमाडौं। बुधबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.६६ अंकले बढेर २ हजार ६४७ बिन्दुमा पुगेको छ । बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेसँगै नेप्से परिसूचक सकारात्मक बनेको हो। बुधबार १७० कम्पनीको शेयर मूल्यमा वृद्धि हुँदा १०१ कम्पनीको शेयर मूल्य घटेको छ।