स्वास्थ्य बीमामा अब भौतिक कार्ड अनिवार्य नहुने, फोटोकपी देखाएरै उपचार पाइने
काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब भौतिक परिचयपत्र नै बोकेर अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।