मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा २० प्रतिशतसम्म सेवा छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहक तथा कर्मचारीले पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबाट स्वास्थ्य उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको हो ।