कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर होटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक र ठमेलस्थित रमदा अन्कोर बाइ विन्डम होटलबीच बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटलको खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।