SHARE
लोक पथ · शुक्रबार​ १६ असो २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पेमार्फत भुक्तानी लिन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक ई–कमर्समार्फत एप्पल पे र गुगल पेबाट भुक्तानी लिन सकिने सेवा सञ्चालनमा ल्याएको छ । अब बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गर्ने व्यवसायीले एप्पल पे र गुगल पेमार्फत भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताबाट भुक्तानी लिन सक्नेछन् । बैंकका अनुसार यो सुविधा साइबरसोर्स पेमेन्ट गेटवेमार्फत उपलब्ध गराइएको हो ।