पूर्वाञ्चल ल्युब आयलको २७औं साधारणसभा सम्पन्न, ८.४२ प्रतिशत नगद लाभांश पारित
काठमाडौं । पीएलओ ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत सबै प्रस्ताव पारित गरेको छ। सभाले कम्पनीको चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ।