मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा १७.५ प्रतिशतसम्म छुट सुविधा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्। बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको हो।