SHARE
लोक पथ · बिहीबार १५ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

सवारी दर्तामा समस्या, नाडाले गरायो जिल्ला प्रशासन कार्यालय काठमाडौंको ध्यानाकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा) ले सवारीसाधन दर्ताको सम्बन्धमा देखा परेको समस्याबारे जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग छलफल गरेको छ । बुधबार नाडाका महासचिव मिलनबाबु मल्लको नेतृत्वको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलसँग भेटघाट गरी त्यस विषयमा छलफल गरेको हो ।