SHARE
लोक पथ · बिहीबार १५ असो २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको रेटिङमा स्तरोन्नति

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको क्रेडिट रेटिङमा स्तरोन्नति भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङलाई बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो ।